विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. २०५२/०२/३ मा दर्ता भई “सदस्यको संस्था” भन्ने नाराका साथ २०५६ सालबाट क्रियाशिल भएको सहकारी संस्था हो । प्रारम्भमा २८ जना सदस्यबाट रु.१०० का दरले शेयर संकलन गरि ठाकुरद्वारा गा.वि.स. वडा नं. २ र ६ मा केन्द्रित भै सदस्यहरूमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले थोरै सदस्यहरुबाट शुरुवात भएको संस्था हो । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा जोड दिँदै आएको यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकमा आवद्ध भए पश्चात सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको हो । २०६३ सालमा ५० औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरुस्कार प्रदान गरेको थियो । २०५८ सालमा नेपाल राष्ट्र बैंकको ग्रामिण स्वावलम्बन कोषबाट सौलियत कर्जा लिई सदस्यहरुलाई उद्यमशिलताका लागि प्रोत्सानको सुरुवात गरेको यस संस्थाले समुदायमा रहेका विपन्न, सुकुम्…