विश्वासिलो सहकारीद्धारा मन्दिर परिसरमा बृक्षारोपण

विश्वासिलो सहकारीद्धारा मन्दिर परिसरमा बृक्षारोपण

बर्दियाको ठाकुरबाबा नपा मढेलामा आफ्नै सुबिधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि.ले यहि जेठ ३ गतेका दिन २९औं वार्षिक उत्सवका अवसरमा ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।

त्यसैगरी संस्थाले सो अवसरमा ठाकुरबाबा नगरपालिका ९ मा रहेको ऐतिहासिक ठाकुरद्वाराको मन्दिर परिसरमा वर, पिपल, निम लगायतका बिरुवा रोपण गरिएको जानकारी गराएको छ ।

साथै संस्थाले उक्त कार्यक्रममा बर्दिया जिल्ला सहित सुर्खेत,दैलेख,अछाम र कैलालीमा गरी १५,००० भन्दा बढीको संख्यामा वृक्षारोपण गर्नुभएका संस्थाका सेयर सदस्य लक्ष्मी प्रसाद खनाल लाई प्रमाणपत्र द्वारा सम्मान गरिएको संस्था प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माको भनाई छ ।