हाम्रोबारेAbout Us

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि.Bishwasilo Saving & Credit Cooperative Pvt. Ltd.२०५२ सालदेखि समर्पितserving since 2052

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

Bishwasilo Saving & Credit Cooperative Pvt. Ltd.


विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. २०५२/०२/३ मा दर्ता भई “सदस्यको संस्था” भन्ने नाराका साथ २०५६ सालबाट क्रियाशिल भएको सहकारी संस्था हो । प्रारम्भमा २८ जना सदस्यबाट रु.१०० का दरले शेयर संकलन गरि ठाकुरद्वारा गा.वि.स. वडा नं. २ र ६ मा केन्द्रित भै सदस्यहरूमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले थोरै सदस्यहरुबाट शुरुवात भएको संस्था हो । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा जोड दिँदै आएको यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकमा आवद्ध भए पश्चात सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको हो । २०६३ सालमा ५० औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरुस्कार प्रदान गरेको थियो । २०५८ सालमा नेपाल राष्ट्र बैंकको ग्रामिण स्वावलम्बन कोषबाट सौलियत कर्जा लिई सदस्यहरुलाई उद्यमशिलताका लागि प्रोत्सानको सुरुवात गरेको यस संस्थाले समुदायमा रहेका विपन्न, सुकुम्बासि तथा मुक्तकमैयमा बस्तिमा संस्थाले कर्जा प्रवाह गर्न २०६४ सालमा RMDC (रुरल माईक्रोफाईनान्स डेभलपमेन्ट सेन्टर) संग कर्जा सम्झौता गरी सो संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा लघुविक्त कार्यत्रम सुरु गरेको थियो । उक्त कार्यत्रमका मार्फतबाट संस्थाले आफ्ना सदस्यहरूलाई सरल र सुलभ रूपमा वित्तिय सेवा तथा आर्थिक सुरक्षा कार्यत्रम अन्तर्गत विभिन्न प्रकारका सुविधाहरू प्रदान गर्न थालेको हो ।  संस्थाले विभिन्न समयमा डिभिजन सहकारी कार्यालय बर्दियाबाट कार्यक्षेत्र विस्तार गर्दै साविकको बर्दिया जिल्लाका ३१ वटा गा.वि.स र एउटा नगरपालिका मध्ये ८ वटा गा.वि.स.मा सेवा दिदै आएकोमा राज्यको पुनः संरचना पश्चात लुम्बिनी प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट मिति २०७८।०१।१५ मा स्वीकृती लिई बर्दिया जिल्लाका सबै स्थानिय तहहरुमा केन्द्रिय कार्यालय सहित १८ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्ने गरिएको थियो । यसै गरि ठाकुरबाबा न.पा.को वडा नं.३ मा रहेको खुटासा महिला कृषि सहकारी संस्था लि., वडा नं. ६ मा रहको संगिनी महिला कृषि सहकारी संस्था लि.र वडा नं.९ मा रहेको आशिरबाद महिला कृषि सहकारी संस्था लि.संग मिति २०७६।०६।३० मा, बारबर्दिया न.पा.को वडा नं.६ मा रहेको निगरानी महिला कृषि सहकारी संस्था लि., वडा नं.१० मा रहेको दिया महिला कृषि सहकारी संस्था लि.र मधुवन न.पा. को वडा नं. १ मा रहेको पारिजात महिला कृषि सहकारी संस्था लि.संग मिति २०७९।०१।०४ मा र बाँसगढी न.पा.को वडा नं. ८ मा रहेको हार्दिक महिला कृषि सहकारी संस्था लि. र गेरुवा गा.पा.को वडा नं. ६ मा रहेको मिर्मिरे कृषि सहकारी संस्था लि. संग मिति २०८०।०१।१४ मा एकिकरण गरि संस्थाले १९ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । यसै गरी लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, दर्ता अधिकारीको कार्यालय दाङबाट मिति २०८०।०१।२५ विनियम शंसोधन स्वीकृत गरि बर्दिया जिल्लाका सबै स्थानिय तह र बाँके जिल्लाका बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा संस्थाले सेवा प्रदान गर्दै आई रहेको छ ।

यस संस्थाले आफ्नो व्यवसायिकता र गुणस्तरीयता कायम गर्न प्रोवेशन कार्यक्रममा सहभागी हुदै नगरपालिका, जिल्ला तथा राष्ट्रिय स्तरका विभिन्न पुरस्कार, सम्मान प्राप्त गर्न सफल भएको छ । संस्थाको सफलतामा सहकारी विभाग, प्रदेश, नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघको महत्वपूर्ण भूमिका रहनुका साथै राष्ट्रिय सहकारी बैंक लि., जिल्ला सहकारी संघ लि. बर्दिया र माछापुच्छ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लगायत सहकारी अभियानका विभिन्न संघ संस्थाहरूबाट नियमित सहयोग रहँदै आएको छ । राष्ट्रिय पुरस्कार र सम्मान मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यो संस्था समुदाय र सदस्य मैत्री सेवा सुविधालाई नै मुख्य उद्देश्य बनाई निरन्तर अघि बढिरहेको छ । केहि सिमित मानिसहरूबाट शुरु गरिएको विश्वासिलो साकोसको वित्तीय यात्रा आजको २०८१ असार मसान्तसम्म आइपुग्दा २१,००० जना भन्दा बढी सदस्यहरुको साझा छहारीको रुपमा विकसित भईसकेको छ । गुणस्तरीय, सुलभ र प्रविधियुक्त सेवामार्फत प्रदेशकै समुच्च आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकासमा संस्था सदैव कृयाशील रहन प्रतिवद्ध छ ।




Bishwasilo Savings and Credit Cooperative Ltd. was registered on Jestha 3, 2052 B.S. and has been operating since 2056 B.S. under the slogan “A Cooperative of the Members.” The cooperative was initially established with 28 members, each contributing NPR 100 as share capital. It began by serving Wards 2 and 6 of the former Thakurdwara Village Development Committee (VDC) with the objective of developing a culture of saving among members. Since its establishment, the institution has remained committed to the economic, social, and cultural advancement of its members. Following its affiliation with the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) and the National Cooperative Bank Ltd., the cooperative successfully established a distinct identity within Nepal’s cooperative sector. In 2063 B.S., on the occasion of the 50th National Cooperative Day, the National Cooperative Federation honored the institution with the Outstanding Cooperative Business Award.


In 2058 B.S., the cooperative obtained concessional loans from the Rural Self-Reliance Fund of Nepal Rastra Bank and initiated entrepreneurship promotion among its members. To extend financial services to economically disadvantaged households, landless communities, and liberated Kamaiya settlements, the cooperative signed a loan agreement with the Rural Microfinance Development Centre (RMDC) in 2064 B.S. and launched a microfinance program with its technical and financial support. Through this program, the cooperative began providing its members with simple, accessible, and affordable financial services, along with various benefits under its financial security programs.


Over the years, the cooperative gradually expanded its operational area with the approval of the Division Cooperative Office, Bardiya. Initially, it provided services in 8 Village Development Committees out of the former 31 VDCs and one municipality in Bardiya District. Following Nepal’s state restructuring, the institution received approval from the Ministry of Land Management, Agriculture and Cooperatives, Government of Lumbini Province, on 2078/01/15 B.S., enabling it to extend its services throughout all local levels of Bardiya District. Services were then delivered through the central office and 18 service centers.


The cooperative further expanded through mergers with several women’s agricultural cooperatives. On 2076/06/30 B.S., it merged with Khutasa Women Agricultural Cooperative Ltd. (Ward No. 3), Sangini Women Agricultural Cooperative Ltd. (Ward No. 6), and Ashirbad Women Agricultural Cooperative Ltd. (Ward No. 9) of Thakurbaba Municipality. On 2079/01/04 B.S., it merged with Nigrani Women Agricultural Cooperative Ltd. (Ward No. 6) and Diya Women Agricultural Cooperative Ltd. (Ward No. 10) of Barbardiya Municipality, as well as Parijat Women Agricultural Cooperative Ltd. (Ward No. 1) of Madhuwan Municipality. Likewise, on 2080/01/14 B.S., it merged with Hardik Women Agricultural Cooperative Ltd. (Ward No. 8) of Bansgadhi Municipality and Mirmire Agricultural Cooperative Ltd. (Ward No. 6) of Geruwa Rural Municipality. Following these mergers, the institution has been providing services through 19 service centers.


Similarly, with the approval of the bylaw amendment granted by the Office of the Registrar, Ministry of Internal Affairs, Law and Cooperatives, Government of Lumbini Province, on 2080/01/25 B.S., the cooperative has expanded its service area to cover all local levels of Bardiya District as well as Baijanath Rural Municipality, Kohalpur Municipality, and Nepalgunj Sub-Metropolitan City in Banke District.


To maintain professionalism and service quality, the cooperative has actively participated in the PEARLS/Provision program and has received numerous awards and recognitions at the municipal, district, provincial, and national levels. Its continued success has been made possible through the valuable support of the Department of Cooperatives, the Provincial Government, NEFSCUN, the National Cooperative Federation, the National Cooperative Bank Ltd., District Cooperative Union Ltd., Bardiya, Machhapuchchhre District Savings and Credit Cooperative Union Ltd., and various other cooperative organizations.


Having established a distinct identity through national awards and recognitions, the cooperative continues to move forward with the primary objective of providing member-friendly and community-oriented services. What began as a small initiative by a limited number of individuals has grown, as of the end of Ashar 2081 B.S., into a trusted cooperative family of more than 21,000 members. The institution remains firmly committed to contributing to the overall economic, social, cultural, and environmental development of the province by delivering quality, accessible, and technology-driven financial services.


२२४१६
सक्रिय सदस्यहरूActive Members
रू ६५४५९५७१६ करोड NPR 654595716 Cr
कुल बचतTotal Savings
३१
सेवाको वर्षYears of Service
१७
शाखाहरूBranches
सदस्यता आवेदनMembership Application
  • हाम्रो दृष्टि Vision
  • आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण Building financially strong and self-reliant members
  • पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन Transparent and accountable financial management
  • समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका Active cooperative role in holistic community development
  • डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान Delivering accessible and effective services through digital technology
  • हाम्रा उद्देश्य Objectives
  • सदस्यहरूलाई न्यायोचित ब्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराउने Providing savings and loan services to members at fair interest rates
  • महिला, युवा र सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरण गर्ने Economic empowerment of women, youth, and marginalized groups
  • वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धन गर्ने Promoting financial literacy and entrepreneurship
  • स्थानीय रोजगारी सिर्जना र व्यवसाय विकासमा सहयोग गर्ने Supporting local job creation and business development
  • हाम्रा नैतिकता Our Ethics
  • इमानदारी Honesty खुलापन Openness सामाजिक उत्तरदायित्व Social Responsibility अरूको हेरचाह Caring for Others

हाम्रो गौरवमय यात्राOur Glorious Journey

२०५८2058 देखि आजसम्म — गौरव र प्रगतिको कथा— A tale of pride and progress through the years

उत्कृष्ट सहकारी सम्मानBest Cooperative Award

राष्ट्रिय सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी संस्थाको सम्मान प्राप्त — दशकौंको मेहनत र समर्पणको फल।Honoured as best cooperative by the National Cooperative Federation — the fruit of decades of hard work and dedication.

२०८१ 2081
Best Cooperative Award
२०८१ 2081
Mobile Banking Service
२०७८ 2078
२०७८ 2078

मोबाइल बैंकिङ सेवाMobile Banking Service

स्मार्टफोनमार्फत बचत, ऋण र कारोबार विवरण हेर्ने सुविधा सहितको मोबाइल एप सार्वजनिक गरियो।A mobile app was released allowing members to view savings, loans and transaction history from their smartphones.

सदस्य संख्या १० हजार10,000 Members Milestone

संस्थाको सदस्य संख्या ऐतिहासिक रूपमा १० हजार पुग्यो — समुदायको विश्वासको प्रमाण।Membership reached a historic 10,000 — a testament to the community's trust.

२०७५ 2075
10,000 Members Milestone
२०७५ 2075
Digital Services Launched
२०७२ 2072
२०७२ 2072

डिजिटल सेवा शुरूDigital Services Launched

अनलाइन खाता व्यवस्थापन र डिजिटल कारोबार प्रणालीको सुरुवातले सेवाको पहुँच झनै सहज बनायो।Online account management and digital transaction systems were introduced, making services far more accessible.

महिला सशक्तिकरण कार्यक्रमWomen Empowerment Initiative

महिला सदस्यहरूका लागि विशेष ऋण तथा तालिम कार्यक्रम शुरू गरी लैंगिक समानताको दिशामा ठोस कदम चालियो।Special loan and training programmes for women members were launched, taking a concrete step towards gender equality.

२०६८ 2068
Women Empowerment Initiative
२०६८ 2068
First Branch Opened
२०६४ 2064
२०६४ 2064

पहिलो शाखा विस्तारFirst Branch Opened

संस्थाको पहिलो शाखा कार्यालय स्थापना गरी आसपासका क्षेत्रमा सेवा विस्तार गरियो।The first branch office was established, extending services to surrounding areas.

पहिलो बचत कार्यक्रमFirst Savings Programme

सदस्यहरूमा बचत संस्कार विकास गर्न पहिलो आवधिक बचत योजना लागू गरियो।The first periodic savings plan was launched to build a culture of saving among members.

२०६१ 2061
First Savings Programme
२०६१ 2061
Organization Founded
२०५८ 2058
२०५८ 2058

संस्था स्थापनाOrganization Founded

सहकारी ऐन अन्तर्गत संस्थाको औपचारिक दर्ता र स्थापना। संस्थापक सदस्यहरूको दृढ संकल्पले यस यात्राको सुरुवात भयो।Formally registered and established under the Cooperative Act. The founding members began this journey with firm resolve.

सहकारीका प्रमुख सिद्धान्तहरूKey Principles of Cooperative

सहकारीका मूल सिद्धान्तहरू जसले संस्थाको सञ्चालन र सदस्यहरूको व्यवहारलाई मार्गदर्शन गर्छन्Core principles that guide our cooperative's operations and the conduct of its members

समुदायप्रतिको चासोConcern for Community सहकारीले समुदायको दिगो विकासमा योगदान पुर्‍याउँछ।Cooperatives contribute to the sustainable development of the community.
स्वेच्छिक तथा खुला सदस्यताVoluntary and Open Membership सहकारीमा योग्यता पुरा भएको व्यक्ति स्वेच्छाले सदस्य बन्न र छोड्न कुनै बन्देज छैन।There shall be no restriction for a qualified person to voluntarily become and leave the co-operative.
सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रणDemocratic Member Control सहकारी सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रणमा सञ्चालन गरिएको हुन्छ।The co-operative is run under the democratic control of the members.
सदस्यहरूको आर्थिक सहभागिताMember Economic Participation सदस्यहरूले पूँजीमा योगदान गर्छन् र सहकारीबाट भएको बचत वा नाफा सदस्यहरूको हितमा प्रयोग गरिन्छ।Members contribute to the capital and savings or profits from the cooperative are used for the benefit of the members.
स्वायत्तता तथा स्वतन्त्रताAutonomy and Independence सहकारी स्वतन्त्र संस्था हो जुन सदस्यद्वारा निर्वाचित सञ्चालकहरूबाट सञ्चालित हुन्छ।Co-operatives are independent organizations governed by directors elected by the members.
शिक्षा, तालिम तथा सूचनाEducation, Training and Information सदस्य, कर्मचारी, सञ्चालक तथा समुदायलाई आवश्यक शिक्षा र तालिमहरू नियमित सञ्चालन गर्दछ।Cooperatives conduct regular education and training for members, employees, directors and the community.
सहकारीबीच सहकार्यCooperation among Cooperatives सहकारीहरूले आपसमा सहकार्य गरी सदस्यलाई अझ प्रभावकारी सेवा प्रदान गर्छन्।Cooperatives collaborate with each other to provide more effective services to their members.

सहकारीका आधार मूल्यहरूBase Values of Cooperative

सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, मानव केन्द्रित, लोकतान्त्रिक, नैतिक तथा सामाजिक उत्तरदायित्वमा आधारित संस्था हो। यी मूल्यहरूले सदस्यहरूबीच विश्वास, सहकार्य, समानता, उत्तरदायित्व र सामूहिक समृद्धिको भावना विकास गर्छन्।Co-operatives are not only financial institutions but are based on human centered, democratic, moral and social responsibility. These values foster a sense of trust, cooperation, equality, responsibility and collective prosperity among members.

आत्म सहयोगSelf-help

आत्म सहयोग भन्नाले आफ्नो समस्या आफैं समाधान गर्ने, आफ्नै श्रम, सीप, बचत र सामूहिक प्रयासद्वारा आत्मनिर्भर बन्ने भावना हो।Self-help is the feeling of solving one's own problems and becoming self-reliant through one's own labor, skills, savings and collective efforts.

स्व उत्तरदायित्वSelf-responsibility

सहकारीको प्रत्येक सदस्यले आफ्नो अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी पनि इमानदारीपूर्वक पूरा गर्नुपर्छ भन्ने भावना नै स्व उत्तरदायित्व हो।Self-responsibility is the feeling that every member of a cooperative should fulfill their duties and responsibilities honestly along with their rights.

लोकतन्त्रDemocracy

सहकारी लोकतान्त्रिक पद्धतिबाट सञ्चालन हुने संस्था हो। यहाँ सबै सदस्य समान हुन्छन् र "एक सदस्य, एक मत" को सिद्धान्तअनुसार निर्णय गरिन्छ।Co-operatives are democratically governed. All members are equal and decisions are made according to the principle of "one member, one vote".

समानताEquality

सहकारीमा जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था, पेशा वा सामाजिक हैसियतका आधारमा कुनै पनि सदस्यमाथि विभेद गरिँदैन। सबै सदस्यलाई समान अधिकार र अवसर प्रदान गरिन्छ।No member is discriminated against on the basis of caste, religion, gender, language, economic status, occupation or social status. All members are given equal rights and opportunities.

न्यायJustice

समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु हो भने न्याय भनेको आवश्यकता, योगदान र परिस्थितिअनुसार न्यायपूर्ण व्यवहार गर्नु हो।Equality means treating everyone equally, while justice means treating people fairly according to needs, contributions, and circumstances.

ऐक्यबद्धताSolidarity

ऐक्यबद्धता भन्नाले सदस्यहरूबीच आपसी सहयोग, विश्वास, एकता र सामूहिक उत्तरदायित्वको भावना हो। सहकारीमा व्यक्तिगत हितभन्दा सामूहिक हितलाई प्राथमिकता दिइन्छ।Solidarity means mutual cooperation, trust, unity and collective responsibility among members. In cooperatives, collective interest is given priority over individual interest.

सहकारीका नैतिक मूल्यहरू Ethical Values of Cooperative

सहकारी संस्था आर्थिक कारोबार गर्ने माध्यम मात्र नभई विश्वास, पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय र सामूहिक हित मा आधारित संस्था हो। सहकारीको दिगो विकास, सुशासन तथा सदस्यहरूको विश्वास कायम राख्न नैतिक मान्यताहरू (Ethical Values) को महत्वपूर्ण भूमिका हुन्छ।Co-operatives are not only a means of carrying out financial transactions but are also based on trust, transparency, accountability, social justice and collective good. Ethical values play an important role in the sustainable development of cooperatives, good governance and maintaining the trust of members.

इमानदारीHonesty

इमानदारी भन्नाले सत्यनिष्ठ, निष्पक्ष र नैतिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नु हो।Honesty means discharging one's responsibilities in a truthful, impartial, and ethical manner.

खुलापनOpenness

सहकारीका सम्पूर्ण गतिविधि, नीति, निर्णय, आय–व्यय, कार्यक्रम तथा योजनाहरू सदस्यहरूलाई स्पष्ट र समयमै जानकारी गराउनु खुलापन हो।Openness means that all the activities, policies, decisions, income and expenditures, programs and plans of the cooperative are clearly and timely communicated to the members.

सामाजिक उत्तरदायित्वSocial Responsibility

सहकारीको उद्देश्य केवल आर्थिक कारोबार गर्नु मात्र होइन, समाजको समग्र विकासमा योगदान पुर्‍याउनु पनि हो।The purpose of cooperatives is not only to carry out economic transactions but also to contribute to the overall development of the society.

अरूको हेरचाहCaring for Others

सहकारीको आधारभूत भावना नै "एकका लागि सबै, सबैका लागि एक" हो। सदस्यहरूले एकअर्काको कल्याणमा चासो राख्नु र सहयोग गर्नु यसको मर्म हो।The basic spirit of co-operatives is "one for all, all for one". The essence of this is that members care about and help each other's welfare.

संस्थाका अग्रजको अभिव्यक्तिA Word from Our Leaders

Ganesh Prashad Jaisi Acharya
अध्यक्षको सन्देश Chairman's Message
गणेश प्र. जैसी आचार्य
Ganesh Prashad Jaisi Acharya — Chairman
"

आदरणीय प्रज्ञा प्रतिष्ठित संस्थाका स्वप्नदर्शी, अग्रज संस्थापक ज्यूहरु, संस्थालाई अविछिन्न साथ दिइ रहनुहुने विशेष सम्मानका पात्र सहयोगी हातहरु, स्थापना काल देखिका सबै आदरणीय व्यक्तित्व अध्यक्ष पदाधिकारी तथा सदस्य ज्यूहरु, स्थापना काल देखिकै सबै लेखा सुपरिवेक्षण समितिका सम्मानित व्यक्तित्व संयोजक र सदस्य ज्यूहरु साथै  उपसमितिका प्रम आदर्णीय संयोजक तथा सदस्य ज्यूहरु, सेवा केन्द्र व्यवस्थापन उप समितिका सबै संयोजक तथा सदस्य ज्यूहरु संस्था आजको अभुतपूर्व उँचाइमा पुगाउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने लब्ध प्रतिष्ठित संस्थाका प्रमुख कार्यकारी, व्यवस्थापन समुहका सबै अधिकृत लगायत सम्पुर्ण कर्मचारी ज्यूहरु, विशेषत: संस्थाका मेरुदण्ड मालिक सबै सम्मानित सदस्य जनहरुमा सर्व प्रथम संस्थाको २९औँ जन्म दिवसको उपलक्ष्यमा संस्थाको स्वप्न, सहिदिशा र गतिप्राप्तिका लागि सहयोगको अपेक्षा सहित संस्थाको यत्र तत्र र सर्वत्र सफलताका लागि हार्दिक बधाई तथा अनन्य शुभकामना सबैमा व्यक्त गर्दै जय सहकारीको न्यानो अभिवादन !

संस्थागत जिवनसंग अन्तर सम्बन्धित इतिहास, वर्तमान र भविष्यको सुक्ष्मतम अन्वेषण, संश्लेषण र विश्लेषणको कर्मपथको रुपमा पंञ्च वर्षिय रणनीति व्यावसायीक योजना निर्माण गरी अगी बढिरहेको छ । विश्वव्यापी कोभिड महामारीको त्रासदीको अन्त्य नहुदै आइ लागेको आर्थिक मन्दिको भयावह अवस्थाले श्रृजना गरेका गगनचुम्बी समस्या, चुनौति र नैराश्यजनक अवस्थामा थपिएका लघुवित्त विरुद्ध संघर्षसमितका गतिविधि प्रतिष्पर्धी वित्तिय संघ संस्थाले थपेका चुनौतिहरु साथै आन्तरिक रुपमा सहकारी सहकारी विचको अस्वस्थ प्रतिष्पर्धाले थप जटिलता श्रृजना गरेको छ । संस्थाले यस्तो विषम परिस्थितिमा ठोस बस्तुको ठोस निर्णय गरी समस्या भित्र सम्भावन संकट भित्र अवसर हुने विस्वासका साथ अघि बढ्नुको विकप्ल नरहेको निष्कर्ष रहेको छ । आजको संवेदनशिल घडिमा संस्थालाई जिवन्त राख्न संस्था विकासका सबै अवयवहरुमा समग्र ध्यान पुगाउनुपर्ने अपरिहार्य आवस्यकता रहेको छ । यही निष्कर्षको आभामय आलोक लिइ कर्मपथमा दृण संकल्पका साथ हाम्रो विश्वास हाम्रो विश्वासिलोको उद्घोषलाई आत्मसात गरी संस्थागत जिवनको २९औँ स्वर्णिम बसन्त पार गर्दै बर्दिया जिल्लाका सबै पालिकामा सेवा विस्तार गरी सकेको छ । सहकार्यवादलाई नैतिक मूल्यका रुपमा स्वीकार गर्दै तत्व दर्शन र मिमांसाको गहन प्रज्ञाचक्षु, ज्ञानचक्षुका माध्यमबाट विवेचना पद्धतिलाई मन, वचन, कर्मद्धारा कार्य-कारण नियमलाई स्वीकार्य गर्ने जिवनशैलीको आलोकमा बाँके जिल्लाका ३ पालिका बैजनाथ, कोहलपुर र नेपालगञ्जमा संस्थाको पदचाँप ध्वनी विस्तारका क्रममा रहेको यथार्थ जनकारी गराउँन पाउदा अत्याधिक हर्ष विभोर छु । अन्त्यमा संस्थाको संस्था स्थापना दिवसको अवसरमा पुन हार्दिक बधाई तथा अनन्य शुभकामना व्यक्त गर्दैछु । धन्यवाद ।



Dear Founders, Former and Present Office Bearers, Committee Members, Employees, Well-Wishers, and Respected Members,

On the joyful occasion of the 29th Anniversary of our institution, I extend my heartfelt congratulations and best wishes to everyone. I sincerely thank all those who have contributed to the growth and success of the institution and look forward to your continued support in achieving our shared vision.

Our institution continues to move forward with a clear strategic direction through its Five-Year Strategic Business Plan. Despite the challenges posed by the global pandemic, economic slowdown, increasing competition, and the changing cooperative environment, we remain committed to making timely and practical decisions, believing that every challenge presents new opportunities.

With the spirit of "Our Trust, Our Biswasilo," we have successfully completed 29 years of dedicated service and expanded our services throughout Bardiya District. We are also extending our presence into Banke District, including Baijanath, Kohalpur, and Nepalgunj, to serve more communities while upholding cooperative values, transparency, and member-centered services.

On this special occasion, I once again express my sincere gratitude and best wishes to all our members, stakeholders, employees, and well-wishers. Together, let us continue working towards a stronger, more prosperous, and sustainable cooperative.

Thank you.


गणेश प्र. जैसी आचार्य, अध्यक्ष Ganesh Prashad Jaisi Acharya, Chairman
Krishna Prasad Sharma
प्रमुख कार्यकारी अधिकृतको सन्देश Chief Executive Officer (CEO)'s Message
कृष्ण प्रसाद शर्मा
Krishna Prasad Sharma — Chief Executive Officer (CEO)
"

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. नेपालको पर्यटकिय क्षेत्र भनेर चिनिने बर्दिया राष्ट्रिय निकुन्जको मुख्य क्षेत्र ठाकुरबाबा नगरपालिकामा स्थापना भएको हो । यो एक समुदायमा आधारित सहकारी हो जसले सदस्य केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थाले सहकारीका सिध्दान्त र मूल्यहरूलाई आत्मसात् गर्दै सदस्यहरूको हित र आवश्यकतामा आधारित वित्तीय सेवा उत्पादन गरी प्रविधीमैत्री गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

सञ्चालक समितिको कानुन (नियम) संस्थागत नीति तथा निर्णयहरू कार्यान्वयन गरी सदस्य सेवाको स्तरवृद्धि गरी संस्थाको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र व्यवस्थापनको नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको मुख्य दायित्व हो । म सधैं संस्थागत गतिविधिहरूको लागि टिममा विश्वास गर्छु। टिममा एकता, निरन्तरता र समर्पण नै सफलताको मुख्य कारण हो। त्यसका लागि प्रमुख कार्यकारी अधिकृतको हैसियतमा सहकर्मीको भावना बुझेर सधैं अगाडि बढिरहेकोछु ।


आत्मविश्वास, वित्तीय अनुशासन, प्रभावकारी सञ्चार, अध्ययनशीलता र जवाफदेहिता प्रमुख कार्यकारी अधिकृतका अन्य आवश्यक तत्व हुन्। यी चीजहरूलाई मेरो टाउकोमा राख्ने जिम्मेवारी सधैं मेरो हुनेछ।


संस्थाप्रति सदस्यहरुको आबद्धता बढाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिहरुसँग सुमधुर सम्बन्ध कायम गरी सबैलाई सक्रिय रुपमा सहभागी हुन प्रेरित गर्दै आएको छु ।


संस्थालाई सदस्यहरूको पहिलो रोजाइ बनाउन हामी सधैं प्रयासरत रहनेछु । यसका लागि सहकारीका साझा संजालले दिएको निर्देशनलाई स्वीकार गरी सहकारी आन्दोलनको असल अभ्यासलाई निरन्तरता दिनेछु।


अन्तमा, सञ्चालक समितिले सेवा अवसरहरू प्रदान गर्दछ, NEFSCUN¸ राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघले निरन्तर सहयोग र सहकार्य प्रदान गर्ने । संस्थालाई यो बिन्दुसम्म पुर्याउन सहयोग गर्नुहुने ठाकुरबाबा नगरपालिका¸ लुम्बिनि प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय दाङलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।


Bishwasilo Saving and Credit Cooperative Ltd. was established in Thakurbaba Municipality, the gateway to Bardiya National Park, one of Nepal's renowned tourist destinations. It is a community-based cooperative that has been conducting member-centered activities since its establishment. By embracing cooperative principles and values, the institution has been providing technology-friendly, quality financial services and products based on the interests and needs of its members.

The primary responsibility of the Chief Executive Officer is to implement the laws (rules), institutional policies, and decisions of the Board of Directors, enhance the quality of member services, strengthen the institution's professional capacity, and provide effective leadership to the management. I have always believed in teamwork for the success of institutional activities. Unity, continuity, and dedication within the team are the key reasons behind success. As the Chief Executive Officer, I have always moved forward by understanding the sentiments of my colleagues and working together with them.

Self-confidence, financial discipline, effective communication, a commitment to continuous learning, and accountability are other essential qualities of a Chief Executive Officer. It will always be my responsibility to uphold and practice these values.

To strengthen members' affiliation with the institution, I have been organizing various activities and maintaining harmonious relationships with the Board of Directors, the Audit and Supervisory Committee, and various sub-committees, while encouraging everyone to actively participate in the institution's development.

We will always strive to make the institution the first choice of our members. To achieve this, we will follow the guidance provided by the common cooperative networks and continue to uphold the best practices of the cooperative movement.

Finally, I would like to express my sincere gratitude to the Board of Directors for providing me with the opportunity to serve, and to NEFSCUN, the National Cooperative Bank, the District Cooperative Union, and the District Savings and Credit Cooperative Union for their continuous support and cooperation. I would also like to extend my heartfelt thanks to Thakurbaba Municipality and the Office of the Cooperative Registrar, Lumbini Province, Dang, for their invaluable support in helping the institution reach its current level of success.


कृष्ण प्रसाद शर्मा, प्रमुख कार्यकारी अधिकृत Krishna Prasad Sharma, Chief Executive Officer (CEO)

सञ्चालक समिति Board Members

Ganesh Prashad Jaisi Acharya
अध्यक्ष Chairman
गणेश प्र. जैसी आचार्य
Ganesh Prashad Jaisi Acharya
Jhak Prasad Upadhyay
उपाध्यक्ष Vice Chairperson
झक प्रसाद उपाध्याय
Jhak Prasad Upadhyay
Mangaru Tharu
सचिव Secretary
मंगरु थारु
Mangaru Tharu
Dhansara Sharma
कोषाध्यक्ष Treasurer
धनसरा शर्मा
Dhansara Sharma
Chandravati Neupane
सदस्य Secretary
चन्द्रावती नेउपाने
Chandravati Neupane
Lanka Bahadur Adhikari
सदस्य Member
लंक बहादुर अधिकारी
Lanka Bahadur Adhikari
Shankar Tharu
सदस्य Member
शंकर थारु
Shankar Tharu
Raja Ram Khatri
सदस्य Member
राजाराम खत्री
Raja Ram Khatri
Ganesh Aaryal
सदस्य Member
गणेश अर्याल
Ganesh Aaryal
Basanti Tharu
सदस्य Member
बसन्ती थारु
Basanti Tharu
Subhadra Tharu
सदस्य Member
सुभद्रा थारु
Subhadra Tharu
Rita Bishwakarma
सदस्य Member
रिता विश्वकर्मा
Rita Bishwakarma
Laxmi Prashad Khanal
सदस्य Member
लक्ष्मी प्रसाद खनाल
Laxmi Prashad Khanal
Man Prasad Chaudhary
सदस्य Member
मान प्रसाद चौधरी
Man Prasad Chaudhary
Dipchandra Sanjyal
सदस्य Member
दिपचन्द्र सञज्याल
Dipchandra Sanjyal
Bal Kumari Singh Thakuri
सदस्य Member
बाल कुमारी सिंह ठकुरी
Bal Kumari Singh Thakuri

लेखा सुपरिवेक्षण समिति Audit and Supervisory Committee

Chitra Prasad Khanal
संयोजक Co-ordinator
चित्र प्रसाद खनाल
Chitra Prasad Khanal
Gita Tharu
सदस्य Member
गिता थारु
Gita Tharu
Lok Prasad Upadhayaya
सदस्य Member
लोक प्रसाद उपाध्याय
Lok Prasad Upadhayaya

संस्थाका कर्मचारीहरूOur Employees

समर्पित र अनुभवी कर्मचारीहरू जो सदस्यहरूको सेवामा सदैव तत्पर छन्Dedicated and experienced staff always ready to serve members

Krishna Prasad Sharma
कृष्ण प्रसाद शर्मा
Krishna Prasad Sharma
प्रमुख कार्यकारी अधिकृत Chief Executive Officer (CEO) · केन्द्रिय कार्यालय Head Office
Dhrubaraj Sapkota
ध्रुबराज सापकोटा
Dhrubaraj Sapkota
लेखापाल Accountant · केन्द्रिय कार्यालय Head Office
Tularam Adhikari
तुलाराम अधिकारी
Tularam Adhikari
ऋण विभाग प्रमुख Loan Department Head · केन्द्रिय कार्यालय Head Office
Nabin Jaishi
नविन जैसी
Nabin Jaishi
सुचना प्रविधी सहायक Information Technology Assistant · केन्द्रिय कार्यालय Head Office
Sabitri Dahit
सावित्री दहित
Sabitri Dahit
सेवा केन्द्र प्रमुख Service Center Head · केन्द्रिय कार्यालय Head Office
Shivraj Khanal
शिवराज खनाल
Shivraj Khanal
सेवा केन्द्र प्रमुख Service Center Head · शान्तिबजार सेवाकेन्द्र Shantibazar Branch
Sabitri Dahit
सावित्री दहित
Sabitri Dahit
सेवा केन्द्र प्रमुख Service Center Head · संगिनी सेवाकेन्द्र Sangini Branch
Nita Chaudhary
निता चौधरी
Nita Chaudhary
सेवा केन्द्र प्रमुख Service Center Head · बिहानीबजार सेवाकेन्द्र Bihanibazar Branch
Puja Sharma
पुजा शर्मा
Puja Sharma
सेवा केन्द्र प्रमुख Service Center Head · पारिजात सेवाकेन्द्र Parijat Branch
Dilmaya Rana
दिलमाया राना
Dilmaya Rana
सेवा केन्द्र प्रमुख Service Center Head · गुलरिया सेवाकेन्द्र Gulariya Branch
Nirmala Khatri
निर्मला खत्री
Nirmala Khatri
सेवा केन्द्र प्रमुख Service Center Head · भुरिगाँउ सेवाकेन्द्र Bhurigaun Branch
Puja Sharma
पुजा शर्मा
Puja Sharma
सेवा केन्द्र प्रमुख Service Center Head · आशिरवाद सेवाकेन्द्र Asirbad Branch
Anil Chaudhary
अनिल चाैधरी
Anil Chaudhary
सेवा केन्द्र प्रमुख Service Center Head · ढोढरी सेवाकेन्द्र Dhodari Branch
Tara Kumari Tharu
तारा कुमारी थारु
Tara Kumari Tharu
सेवा केन्द्र प्रमुख Service Center Head · बनियाभार शाखा Baniyabhar Branch
Nirmala Khatri
निर्मला खत्री
Nirmala Khatri
सेवा केन्द्र प्रमुख Service Center Head · खुटासा सेवाकेन्द्र Khutasa Branch
Manisha Kusumya
मनिषा कुशुम्या
Manisha Kusumya
सेवा केन्द्र प्रमुख Service Center Head · राजापुर सेवाकेन्द्र Rajapur Branch
Sushila Sunar
शुसिला सुनार
Sushila Sunar
सेवा केन्द्र प्रमुख Service Center Head · बाँसगढी सेवाकेन्द्र Bansgadhi Branch
Jharana Thapa
झरना थापा
Jharana Thapa
सेवा केन्द्र प्रमुख Service Center Head · दिया सेवाकेन्द्र Diya Branch
Nirmala Chaudhari
निर्मला चौधरी
Nirmala Chaudhari
सेवा केन्द्र प्रमुख Service Center Head · निगरानी सेवाकेन्द्र Nigarani Branch
Sushila Sunar
शुसिला सुनार
Sushila Sunar
सेवा केन्द्र प्रमुख Service Center Head · हार्दिक सेवाकेन्द्र Hardik Branch
Manisha Kusumya
मनिषा कुशुम्या
Manisha Kusumya
सेवा केन्द्र प्रमुख Service Center Head · मिर्मिरे सेवाकेन्द्र Mirmire Branch
शिर बहादुर थारु
Shir Bahadur Tharu
रातपाले Night Guard · केन्द्रिय कार्यालय Head Office
प्रमिला चौधरी
Pramila Chaudhary
सहायक Assistant · शान्तिबजार सेवाकेन्द्र Shantibazar Branch
रम्भा रिजाल
Rambha Rijal
बरिष्ठ सहायक Senior Assistant · आशिरवाद सेवाकेन्द्र Asirbad Branch
लक्ष्मी कुमारी चौधरी
Laxmi Kumari Chaudhary
बरिष्ठ सहायक Senior Assistant · आशिरवाद सेवाकेन्द्र Asirbad Branch
कल्पना थारु
Kalpana Tharu
बरिष्ठ सहायक Senior Assistant · शान्तिबजार सेवाकेन्द्र Shantibazar Branch
हेम प्रसाद उपाध्याय
Hem Prasad Upadhyaya
सहायक Assistant · भुरिगाँउ सेवाकेन्द्र Bhurigaun Branch
मनमाया चौधरी
Manmaya Chaudhary
सहायक Assistant · केन्द्रिय कार्यालय Head Office
राजुराम चौधरी
Rajuram Chaudhary
सहायक Assistant · केन्द्रिय कार्यालय Head Office
जनकलाल चौधरी
Janakalal Chaudhary
सहायक Assistant · निगरानी सेवाकेन्द्र Nigarani Branch
ललिता बुढा अधिकारी
Lalita Budha Adhikari
फिल्ड सहायक Feild Assistant · आशिरवाद सेवाकेन्द्र Asirbad Branch
अनिता थारु
Anita Tharu
बचत संकलक Collector · खुटासा सेवाकेन्द्र Khutasa Branch
सुमित्रा थारु
Sumitra Tharu
सहायक Assistant · खुटासा सेवाकेन्द्र Khutasa Branch
पार्वती चौधरी
Parbati Chaudhary
सहायक Assistant · ढोढरी सेवाकेन्द्र Dhodari Branch
लिला बुढा
Lila Budha
सहायक Assistant · निगरानी सेवाकेन्द्र Nigarani Branch
धना कुमारी कार्की
Dhana Kumari Karki
सहायक Assistant · भुरिगाँउ सेवाकेन्द्र Bhurigaun Branch
प्रकाश चौधरी
Prakash Chaudhary
सहायक Assistant · सानोश्री सेवाकेन्द्र Sanoshree Branch
सवित्रा रिजाल
Sabitra Rijal
सहायक Assistant · बाँसगढी सेवाकेन्द्र Bansgadhi Branch
मञ्जु कुमारी चौधरी
Manju Kumari Chaudhary
सहायक Assistant · दिया सेवाकेन्द्र Diya Branch
महरंगाई कुमारी चौधरी
Maharangai Kumari Chaudhari
सहायक Assistant · बनियाभार शाखा Baniyabhar Branch
बसन्धरा राना
Basandhara Rana
सहायक Assistant · ढोढरी सेवाकेन्द्र Dhodari Branch
नैना कुमारी थारु
Naina Kumari Tharu
सहायक Assistant · हार्दिक सेवाकेन्द्र Hardik Branch
बिपना थारु
Bipana Tharu
फिल्ड सहायक Feild Assistant · केन्द्रिय कार्यालय Head Office
फुलरानी चौधरी
Phulrani Chaudhary
बचत संकलक Collector · ढोढरी सेवाकेन्द्र Dhodari Branch
कुन्ता नेपाल
Kunta Nepal
फिल्ड सहायक Feild Assistant · आशिरवाद सेवाकेन्द्र Asirbad Branch
कमला अधिकारी
Kamala Adhikari
फिल्ड सहायक Feild Assistant · केन्द्रिय कार्यालय Head Office
बिमला धमला
Bimala Dhamala
फिल्ड सहायक Feild Assistant · बिहानीबजार सेवाकेन्द्र Bihanibazar Branch
दिपेश कुमार चौधरी
Dipesh Kumar Chaudhary
फिल्ड सहायक Feild Assistant · मिर्मिरे सेवाकेन्द्र Mirmire Branch
प्रतिभा कुमारी चौधरी
Pratibha Kumari Chaudhary
फिल्ड सहायक Feild Assistant · शान्तिबजार सेवाकेन्द्र Shantibazar Branch
कृष्ण थारु
Krishna Tharu
फिल्ड कर्मचारी Feild Staff · भुरिगाँउ सेवाकेन्द्र Bhurigaun Branch
धनसरा बी.के.
Dhansara B.K
फिल्ड कर्मचारी Feild Staff · दिया सेवाकेन्द्र Diya Branch
ललिता कुमारी चौधरी
Lalita Kumari Chaudhary
फिल्ड कर्मचारी Feild Staff · पारिजात सेवाकेन्द्र Parijat Branch
बेलमती चौधरी
Belmati Chaudhary
बचत संकलक Collector · निगरानी सेवाकेन्द्र Nigarani Branch
सुस्मा यारी
Susma Yari
बचत संकलक Collector · बनियाभार शाखा Baniyabhar Branch
पार्वती वली
Parbati Wali
बचत संकलक Collector · दिया सेवाकेन्द्र Diya Branch
नरेश दहित
Naresh Dahit
बचत संकलक Collector · मिर्मिरे सेवाकेन्द्र Mirmire Branch
संगिता बुढा
Sangita Budha
बचत संकलक Collector · भुरिगाँउ सेवाकेन्द्र Bhurigaun Branch
सुमन कुमार थारु
Suman Kumar Tharu
बचत संकलक Collector · बाँसगढी सेवाकेन्द्र Bansgadhi Branch
इन्द्र कुमार भगोरिया
Indra Kumar Bhagoriya
बचत संकलक Collector · मिर्मिरे सेवाकेन्द्र Mirmire Branch
राम प्रसाद थारु
Ram Prasad Tharu
फिल्ड कर्मचारी Feild Staff · हार्दिक सेवाकेन्द्र Hardik Branch
दिपिका थापा
Dipika Thapa
कार्यालय सहयोगी Office Assistant · केन्द्रिय कार्यालय Head Office
पंकज चौधरी
Pankaj Chaudhari
फिल्ड कर्मचारी Feild Staff · बनियाभार शाखा Baniyabhar Branch
गणेश राम थारु
Ganesh Ram Tharu
सहायक Assistant · ढोढरी सेवाकेन्द्र Dhodari Branch
प्रकाश चौधरी
Prakash Chaudhary
सहायक Assistant · ढोढरी सेवाकेन्द्र Dhodari Branch
सबिना थारु
Sabina Tharu
फिल्ड कर्मचारी Feild Staff · ढोढरी सेवाकेन्द्र Dhodari Branch
२२४१६
सक्रिय सदस्यहरूActive Members
रू ६५४५९५७१६ करोड NPR 654595716 Cr
कुल बचतTotal Savings
३१
सेवाको वर्षYears of Service
१७
शाखाहरूBranches

हाम्रा पुरस्कारहरू Our Awards

संस्थाले प्राप्त गरेका राष्ट्रिय तथा प्रादेशिक स्तरका पुरस्कारहरू National and provincial level awards received by the institution

२०८२ 2082
उत्कृष्ट सहकारी पुरस्कार Outstanding Cooperative Award
जिल्ला सहकारी संघ बर्दिया District Cooperative Union, Bardiya

६९ औँ राष्ट्रिय सहकारी दिवसको अवरमा जिल्ला सहकारी संघ बर्दियाबाट उत्कृष्ट सहकारी पुरस्कार सहित सम्मान प्राप्त भएकोमा सबै सदस्य, कर्मचारी, उपसमिति, समि... On the occasion of the 69th National Cooperative Day, our cooperative was honored with the Outstanding Cooperative Award by the District Cooperative U...

हाम्रा अन्य सेवाहरू Our Other Services

विश्वसनीय बचत योजनाहरू र सहुलियत ऋण सुविधाहरू मार्फत तपाईंको आर्थिक भविष्य सुरक्षित गर्नुहोस्। Secure your financial future with reliable savings plans and affordable loan facilities.

बचत योजनाहरू Saving Plans
नियमित, मुद्दती, बाल र महिला बचत योजनाहरू आकर्षक ब्याजदरमा। Regular, fixed, child and women savings plans at attractive rates.
थप जान्नुहोस् Learn More
किस्ता क्यालकुलेटर EMI Calculator
आफ्नो मासिक किस्ता, कुल ब्याज र कुल भुक्तानी तुरुन्त थाहा पाउनुहोस्। Calculate your monthly EMI, total interest and total payment instantly.
थप जान्नुहोस् Learn More
अनलाइन सदस्यता Online Membership
घरमै बसेर अनलाइन सदस्यता आवेदन गर्नुहोस्। Apply for membership online from the comfort of your home.
थप जान्नुहोस् Learn More
सदस्य पोर्टल Member Portal
आफ्नो खाता, बचत, ऋण स्थिति र कारोबार अनलाइन हेर्नुहोस्। View your account, savings, loan status and transactions online.
थप जान्नुहोस् Learn More
ऋण सुविधाहरू Loan Services
व्यवसाय, आवास, शिक्षा, कृषि र आकस्मिक ऋण सुलभ ब्याजदरमा। Business, housing, education and agricultural loans at affordable rates.
थप जान्नुहोस् Learn More
क्यूआर स्क्यान सेवा QR Scan Service
क्यूआर कोड स्क्यान गरेर तुरुन्त भुक्तानी र रकमान्तर गर्नुहोस् — छिटो, सुरक्षित र नगदरहित। Pay and transfer funds instantly by scanning a QR code — fast, secure and cashless.
थप जान्नुहोस् Learn More
एटीएम सेवा ATM Service
हाम्रा एटीएम केन्द्रमा जुनसुकै समय नगद निकाल्नुहोस् र ब्यालेन्स जाँच गर्नुहोस्। Withdraw cash and check your balance anytime at our ATM locations.
थप जान्नुहोस् Learn More
मोबाइल एप Mobile App
आफ्नो स्मार्टफोनबाट जुनसुकै समय बचत, ऋण र कारोबार व्यवस्थापन गर्नुहोस्। Manage your savings, loans and transactions from your smartphone, anytime.
थप जान्नुहोस् Learn More
सूचनाहरू Notices